काठमाडौं :

जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स केहीबेर अघि भएको छ ।

लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस भर्खरै सकिएको छ ।

केहिदिन अगाडी जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावना रहेको जेरिले बताएकी थिइन् तर खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर कै कारण सम्बन्धविच्छेद हुन् पुगेको केहि सामाजिक संजालमा भाइरल हुँदै गरेका भिडियोले बताइरहेको छ ।

सम्बन्धविच्छेद भैसकेपछि उनले शंकरले आफुलाई मानसिक यातना दिएको बताएकी छन् । उनले सधै नराम्रो नजरले हेरेको बताएकी छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस :

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *