कपिलवस्तु मा बसोबास गर्दै आएका तर घर भने प्युठान भएका एक सामान्य परिवारको यो दुख सुन्दा कस्को आँखा न रसाउलान , ३ ओटा छोरा छोरी र बुडा बुडी सहित ५ जनाको परिवार रिक्सा चलाएरै पालिरहेका थिए तर अहिले आफु नै थला परेर बसिरहेका छन्।

आफ्नो परिवारको सुन्दर भबिष्य बनाउन प्युठान देखि चितवन गएका रिक्सा चालक बिस्नु नेपाली फोक्सोको खराबी र किड्नीको खराबी को कारण अहिले धेरै महिना देखि केहि गर्न नसक्ने अवस्थामा बिस्तारामै सुतिरहेको छन ।

सक्नुहुन्छ भने सबै मिलेर सहयोग गरिदिनु भन्दै बिस्नु नेपालीको श्रीमतीले हात फैलाइरहेको छिन , तपाइको सानो सहयोगले कसैको ज्यान बाच्न सक्छ कसैको एक गास बन्न सक्छ ।

यो पनि पढ्नुहोस्: अक्षयकुमारको ‘रामसेतु’ले पायो नेपालमा प्रदर्शन अनुमति अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ । सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी सेन्सर बोर्डका सदस्य सन्तोष थापाले दिए ।

गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो फिल्म शुक्रबार नेपालमा रिलिज हुनेछ ।

कात्तिक १ गतेदेखि नेपालमा रिलिजको एक साताअघि नै फिल्म सेन्सरको लागि कागजपत्र बुझाउनुपर्ने नियम छ । तर यो नियम पालना नगरेको भन्दै बोर्डले सेन्सर सिफारिस रोकेको थियो । वितरक र बोर्डबीच रस्साकस्सी नै चलेको थियो ।

बलिउडमा दुई साताअघि नै रिलिज भएर पनि बक्स अफिसमा असफल भएको फिल्मलाई नेपालमा डीसीएन र स्टेसन फाइभले रिलिज गर्न लागेका हुन् । शुक्रबार रामसेतुसँगै अब वाकान्डा फरेभर र उचाइ समेत रिलिज हुनेछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *