गायक कमल खत्रीले प्रेमीका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । लामो समयदेखि प्रेममा रहेको यो जोडीले आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै इन्गेजमेन्टको खबर आफ्ना फ्यानलाई दिएका हुन् । उनीहरुले सामआजिक संजालमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद पक्ष हो ।

चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी उदयीमान गायिका मेलीना हुन् भने कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् । यो जोडीको प्रेम रोमान्सले केही समयदेखि सामाजिक संजाल तात्दै आएको थियो । यो जोडीले फोटो सामाजिक संजालमा पोस्ट गरे लगत्तै बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *