इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ । डेंगु संक्रमणबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आराम गरी बसेकोमा आज बिहान स्वास्थ्य अवस्था जटिल भई उपचारार्थ काठमाडौँस्थित एक अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ ।

इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिकासमेत सञ्चालन गरेकी थिइन् । नेकपा एमालेनिकट साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघमा पनि उनको आबद्ध रहेको थियो । रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् ।

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ । डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।

डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *