बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका ३ बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी २ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

शुक्रबार विद्यालय गएका उनीहरू आज आइतबार बिहानसम्म सम्पर्कमा नआएको परिवारले बताएका छन्।

उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन्।

तीनै जना विद्यार्थी सँगै निस्केका थिए। विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरिएको हो।

सम्पर्कविहीनमध्ये समीर लम्सालले आफूहरूलाई अज्ञात स्थलमा राखिएको भन्दै शनिबार दिउँसो परिवारलाई मेसेन्जरमार्फत भनेका थिए। उनीहरूले आफूहरूलाई अचेत बनाएर ल्याएको बताएका थिए। आफूहरूलाई अचेत बनाई ल्याएको र दिउँसो २ बजेपछि मात्रै होस खुलेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताएका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजविन भएको तर शनिबार भएकाले कलडिटेल र अन्य प्रविधिबाट हेर्न नसकिएको जानकारी दिए ।

उनले अभिभावक र विद्यालय प्रशासन सबैलाइृ सचेत रहन आग्रह गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *