भारतीय फिल्म ब्रह्मास्त्र शुक्रबार रिलिज गरिए लगत्तै लिक भएको छ । ४१० करोडको बजेटमा निर्माण भएको फिल्ममा रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा छन् ।

ब्रह्मास्त्र को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता साइटहरूमा लिक भएसँगै रणविर, आलियासहित अयान मुखर्जी निकै तनावमा छन् । यसले सकारात्मक समीक्षा र ठुलो अग्रिम बुकिङको बाबजुद, फिल्मको लिकले बक्स(अफिस नम्बरहरूलाई असर गर्न सक्ने भन्दै निर्माण यूनिट अहिले चिन्तामा डुबेको छ ।

जसका कारण निर्माताले ठूलो घाटा बेहोर्न सक्ने संभावना बढेर गएको छ । केही दिनअघि निर्माताहरूले अनलाइन पाइरेसी साइटहरू विरुद्ध दिल्ली उच्च अदालतमा याचिका दायर गरे लगत्तै अदालतले त्यस्ता १८ वेबसाइटलाई प्रतिबन्ध लगाउन आदेश दिएपछि राहात भएशुस भएको थियो ।

तर ब्रह्मास्त्र एचडीमा नै लिक भएपछि यसले ठूलो समस्या परेको छ । यसअघि आमिर खानको ‘लाल सिंह चड्ढा’, अक्षय कुमारको ‘रक्षाबन्धन’ र रणवीर कपूरको ‘शमशेरा’ जस्ता भर्खरै रिलिज भएका चलचित्रहरू पनि पाइरेसीको सिकार भएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *