नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा कर णी आरोपमा उजुरी परेको छ । १७ वर्षकी नाबालिगले क्रिकेटर लामिछानेले आफूलाई कर णी गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

भदौ पाँच गते ती बालिकालाई कर णी गरेको आरोप क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेमाथि लागेकाे प्रहरीले जनाएको छ । उक्त बालिकाले आफू सन्दिपको फ्यान भएको बताएकी छिन् ।

सन्दीप लामिछाने प्रकरणले सामाजिक सञ्जाल र सञ्चारमाध्यम भरिरहँदा अन्य केही किशोरीहरूले पनि आफूमाथि लामिछानेले दु’र्ब्यव’हार गरेको भन्दै खुल्न थालेका छन्।

लामिछानेले आफूमाथि यौ’ ‘न दु’र्व्य’वहा’र गरेको भन्दै एक बालिका बाहेक अन्यको उजुरी प्रहरीमा नपुगेतापनि सामाजिक सञ्जालमा उनीहरूले आफू पनि लामिछानेबाट दु’र्व्यब’हा’रको शि’कार भएको उल्लेख गरेका छन् ।

वूमेन्स रुम रिलोडेड (डब्लू आर आर) र श्रीमती संगठन नाम गरेका प्राइभेट ग्रुपमा आफू पनि लामिछानेबाट दु’र्व्यब’हारको शिकार भएको र केहीले भेट्न बोलाउँदा आफू नगएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

केटिएम दैनिकमा प्रकासित भएको समाचार अनुसार किशोरीमध्ये एक किशोरीले भनिन्, ‘उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएछ, मलाई पटक पटक कल गरेर भेट्न बोलाउनु भएको थियो । तर मेरो भाग्य बलियो रहेछ, मैले इन्कार गरे ।’

उनले थपिन, ‘उहाँले म जस्ता थुप्रै युवतीहरूलाई पनि म्यासेज पठाउने, फोन गर्ने गर्नुभएको रहेछ । यसले उहाँको नियत नै शंकास्पद भएको देखाउँछ ।’

हाम्रो सम्पर्कमा आएकी अर्की एक युवती भन्छिन् ‘उहाँको भेरिभाइड इन्स्टाग्राम आइडीबाट म्यासेज रिक्वेष्ट आएपछि म एकदमै खुशी भएँ । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका देशका एक खेलाडीको म्यासेज आउँदा फ्यानको नाताले म फुरुङ्ग हुनु स्वभाविक नै थियो । कुराकानी गर्दै जाँदा उहाँको कुराकानी मलाई अलिक असहज लाग्न थाल्यो । मैले उहाँलाई फ्यानको नाताले ‘रेस्पेक्ट’ गर्छु भनेपछि उहाँले सरी म अलि बढी नै ‘फ्रयाङ्क’ भएछु भनेर गल्ती स्वीकार्नु भयो ।’

सन्दिप लामिछानेमाथि लागेको अभियोग पुष्टि भएमा अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय उनलाई हुनसक्छ । मुलुकी अ’पराध सं’हि’ताको दफा २१९ को जबरजस्ती कर णी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई कर णी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई कर णी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई कर णी गरेको मानिनेछ।’

पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छन्। तर अहिले उनी नेपालमा छैनन्। उनी घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट उनी क्यारेबियन मुलुक सेन्ट लुसिया पुगेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *