भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । बुधबारेदेखि लागू हुने गरी भारत सरकारले आफूले निर्यात गर्ने सेतो र खैरो धानरचामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले धान चामलामा कर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र०७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । भारतले कनिका निर्यात प्रतिवन्ध लगाउने निर्णयले नेपालका वियर उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।

२९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो ।चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ । भारतले गहुँ निकासीमा यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *