बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाइने भएको छ । सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानीको निधनमा नेपाल सरकार गहिरो दु:ख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरिएको हो । तीन दिन नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

छिमेकी मुलुक भारतले भने एक दिन शोक मनाउने भएको छ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले राष्ट्रिय शोक मनाउने भएको हो ।

भारत सरकारले आगामी सेप्टेम्बर ११ तारिखका दिन राष्ट्रिय शोक मनाउने निर्णय शुक्रबार गरेको अधिकारीहरुले जनाएका छन् ।

“उहाँप्रति सम्मान व्यक्त गर्न हामीले एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेका छौँ”, भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

शोक मनाउने दिन भारतभर र विदेशस्थीत भारतीय कार्यालयहरुमा भारतीय झण्डा आधा झुकाउने र त्यस दिन कुनै सरकारी कार्यालयको काम नगर्ने मन्त्रालयले जनाएको छ ।

भारतका प्रधानमन्त्री र विदेश मन्त्रीले भने उहाँको निधनप्रति यसअघि नै शोक वक्तव्य प्रकाशित गर्नु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *