सन्दिप लामिछाने तत्काल नेपाल फर्किने भएका छन् । राष्ट्रिय टिमबाट निलम्बनमा परेका कप्तान लामिछानेले नेपालका कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका हुन् ।

आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराए ।

उनले जारी गरेको बयानमा भनिएको छ, ‘म निर्दोष छु र नेपालको सम्माननीय कानुनमा पूर्ण विश्वास राख्छु । मैले सीपीएलबाट बिदा लिने निर्णय गरेको छु । केही दिनभित्र मेरो फर्कनेछु । म यी सबै आधारहीन आरोपको सामना गर्न तयार छु ।’

उनले आफूमाथि न्याय होस् भन्दै यस घटनाको निष्पक्ष छानबिन गरेर संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउनुपर्ने उनको तर्क रहेको छ ।

अर्कोतिर, नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *