अभिनेत्री करीना कपुर खान बलिउडकी फेशन आइकन र फिट अभिनेत्री हुन् । उनी आफ्नो फिटनेसको पूर्ण ख्याल राख्छिन् ।

करीनाको फिटनेस र सौन्दर्यलाई लिएर धेरै वयक्तिहरु हैरान हुन्छन् । अहिले अभिनेत्रीको योगा भिडियो सार्वजनिक भएको छ, जसमा उनी योगा गरिरहेकीछिन् ।

भिडियो करीनाका योगा ट्रेनरले सेयर गरेका हुन् । भिडियो हेरेपछि फ्यानले करीनाको तारिफ गरिरहेका छन् । यसैबीच, केही प्रयोगकर्ताहरूले अभिनेत्रीलाई ट्रोल पनि गरिरहेका छन् ।

उनीहरुले करीनाको भिडियोमा नकारात्मक टिप्पणी गरेका हुन् । कसैले उनलाई काकी भने भने कसैले बुढेसकालमा योगले केही नहुने भन्ने जवाफ फर्काए । कतिपयले बुढी बेबो पनि भनेका छन् ।

तर, फ्यानहरूले ती ट्रोलर्सलाई जवाफ दिँदै यो उमेरमा र यति व्यस्त जीवनमा पनि आफ्नो ख्याल राख्न सजिलो नभएको बताए । जे होस्, करीनालाई ट्रोलले कुनै फरक पर्दैन् । उनी पटकपटक ट्रोलको सिकार भैसकेकी छिन् ।

तर, यी नकारात्मक कुरामा आफूले ध्यान नदिने उनले समय समयमा बताइसकेकी छिन् । करीनाको फिल्म लाल सिंह चड्ढा गत महिना रिलिज भएको थियो ।

फिल्ममा उनीसँग आमिर खान मुख्य भूमिकामा थिए । लाल सिंह चड्डा हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक थियो, तर पनि फिल्मले कमाल गर्न सकेन् । चलचित्रले समीक्षक र दर्शकबाट नकारात्मक प्रतिक्रिया पाएको थियो ।

अब करीना सुजोय गोशको फिल्म ‘द सस्पेक्ट अफ डिभोशन एक्स’ मा देखिने छिन् । फिल्ममा उनीसँगै विजय वर्मा र जयदीप अहलावत पनि रहनेछन् । त्यसपछि उनी हंसल मेहताको फिल्ममा देखिनेछन्, जसको नाम फाइनल भैसकेको छैन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *